३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

नेशनल लाइफले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

३१ वैशाख, काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । वैशाख ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१का लागि लाभांश घोषणा गरेको हो ।

कम्पनीले सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । यस्तै बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७८९४७३ प्रतिशत नगद लाभांशबाट समायोजन गरिने कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८२, बुधबार १०:४६