५ माघ २०८२, सोमबार | Mon Jan 19 2026

त्रिशुली नदिले बगाएर नुवाकोटको बेलकोटगढीका दुई बालिका बेपत्ता

३० वैशाख, काठमाडौँ । त्रिशुली नदीले बगाएर दुईजना बालिका बेपत्ता भएका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिका ७ कल्चौडेस्थित त्रिशुली नदीमा नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेहरूमा बेलकोटगढी ७ का देव डङ्गोलकी ११ वर्षिया छोरी जेनी डङ्गोल र सोही स्थानका प्रेम बहादुर राईकी ११ वर्षिया छोरी सदिक्षा राई रहेका जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

साँझ नदीमा नुहाउने क्रममा उनिहरू बेपत्ता भएको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलवार २१:३०