२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

सहकारी ठगी प्रकरणः सांसद माया राईविरुद्ध मुद्दा दायर

३० वैशाख, काठमाडौं । कालीमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राईविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले राईविरूद्ध अनुसन्धान सकेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरेको थियो। सरकारी वकिलको कार्यालयले मंगलबार काठमाडौं जिल्ला अदालतमा राईविरुद्ध मुद्दा दायर गरेको हो।

राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैशाख १३ गते बूढानीलकण्ठबाट पक्राउ गरेको थियो। उनीविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलवार १७:५३