नेप्सेमा दोहोरो अंकको गिरावट, ९ अर्ब ६३ करोडको कारोबार
३० वैशाख, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक १४.८७ अंकले घटेर २६३४.२३ को विन्दुमा कायम भएको छ । आज तीन सय १४ कम्पनीको दुई करोड १८ लाख २८ हजार दुई सय ३१ कित्ता शेयर एक लाख दुई हजार चार सय ४५ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ६३ करोड ४८ लाख १२ हजार छ सय १२ बराबरको कारोबार भएको छ ।
विकास बैंक समूह शून्य दशमलव ८८, जीवन बीमा शून्य दशमलव ९५ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ३४ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैंकिङ शून्य दशमलव ३०, वित्त एक दशमलव ९१, होटल तथा पर्यटन दुई दशमलव २१, जलविद्युत् एक दशमलव १८ र लगानी समूह शून्य दशमलव ७९ प्रतिशतले घटेको छ । त्यसैगरी, लघुवित्त शून्य दशमलव ६९, म्युचुअल फन्ड शून्य दशमलव १८, निर्जीवन बीमा समूह शून्य दशमलव ५९, व्यापार दुई दशमलव ४६ र अन्य समूह शून्य दशमलव ६० प्रतिशतले घटेको छ ।
यस दिन युनिभर्सल पावरको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको ६७ करोड २० लाख बढीको सेयर कारोबार भएको छ । आज दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मस्ल्यमा सकारात्मक सर्किट लाएको हो । गुराँस लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक गुमाए ।
प्रकाशित मिति : 15:35









