२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

मुक्तिनाथ कृषि कम्पनीको नाफा सामान्य बढ्यो, प्रतिसेयर आम्दानी कति ?

३० वैशाख, काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले २ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.४६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ३०.०२ प्रतिशत बढेर ४८ करोड ९० लाख पुगेको छ । समीक्षा अवधिमा कम्पनीको कुल खर्च १०.४७ प्रतिशतले घटेर ८ करोड २० लाखमा सीमित बनेको छ । ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी भने ८७ लाख ८४ हजार रुपैयाँ ऋणात्मक रहेको छ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २२ पैसा बढेर ४ रुपैयाँ २८ पैसा पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ९८ रुपैयाँ ७५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३७७.२४ गुणा रहेको छ।

प्रकाशित मिति : 11:58