२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

८३.०८ प्रतिशतले बढ्यो ओम मेगाश्री फर्मास्यूटिकल्सको नाफा, कस्तो छ वित्तीय अवस्था ?

३० वैशाख, काठमाडौं । ओम मगाश्री फर्मास्यूटिकल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ७५ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो रकम अघिल्लो त्रैमासको तुलनामा ८३.०८ प्रतिशतले बढी हो । अघिल्लो त्रैमाससम्म कम्पनीले ४१ लाख २९ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।

यस्तै, सो अवधिसम्ममा कम्पनीको कुल आम्दानी ५७.९९ प्रतिशतले बढेर २१ करोड ५१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो त्रैमाससमा कम्पनीको आम्दानी १३ करोड ६१ लाख रहेको थियो । कम्पनीले सञ्चालन आम्दानी २१ करोड ४८ लाख रुपैयाँ रहेको छ । त्यसैगरी, सो अवधिसम्ममा कम्पनीको कुल खर्च २० करोड ५६ लाख रुपैयाँ रहेको छ। ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ४ करोड १२ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने अन्य जगेडा ६ करोड २४ लाख रुपैयाँ रहेको छ।

तेस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ६८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ५४ पैसा , मूल्य आम्दानी अनुपात ५९.५२ गुणा रहेको छ।

प्रकाशित मिति : 11:23