२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

अपि पावरको नाफामा ६८८.९९ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी पनि बढ्यो

३० वैशाख, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ३५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको तुलनामा ६८८.९९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ४ करोड ४८ लाख खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिसम्म कम्पनीले विद्युत बिक्रीमार्फत १ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २५.७६ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत ९५ करोड १८ लाख रुपैयाँ खुद आम्दानी गरेको थियो । कम्पनीले यो अवधिसम्म १ करोड ८१ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।

६ अर्ब ७ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ६१ करोड १ लाख र कुल चालु दायित्व १ अर्ब ३ करोड रुपेयाँ रहेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ७.७६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०९.८५ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३५.२० गुणा रहेको छ ।

प्रकाशित मिति : 11:04