२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

९६.०८ प्रतिशतले बढ्यो शिवम सिमेन्ट्सको नाफा, ईपीएस कति ?

३० वैशाख, काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ४० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९६.०८ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २० करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी भने १०.०१ प्रतिशतले घटेर ५ अर्ब ३९ करोड रुपैयाँ  पुगेकोछ । अघिल्लो आवको सोही अवधिमा भने कम्पनीको बिक्री आम्दानी ५ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो । ५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ४२ करोड ५६ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३७ पैसा बढेर ९ रुपैयाँ ७९ पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ १० पैसा,मूल्य आम्दानी अनुपात ५३.२३ गुणा रहेको छ।

प्रकाशित मिति : 10:03