४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

४८.८४ प्रतिशतले घट्यो प्रभु इन्स्योरेन्सको नाफा, प्रतिसेयर आम्दानी कति ?

२९ वैशाख, काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.८४ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३९ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क २.५७ प्रतिशत बढेको छ भने कुल आम्दानी ३३.५६ प्रतिशत घटेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी २७.२२ प्रतिशतले घटेको छ। चुक्ता पूँजी १ अर्ब ४४ करोड १४ लाख रुपैयाँ  रहेको इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ३६ करोड ५५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको महाविपत्ती कोषमा ११ करोड ५३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा २९ करोड १ लाख रुपैयाँ र अन्य इक्विटीमा १६ करोड ७७ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ५३ पैसा, मूल्य आम्दानी अनुपात ४९ गुणा र प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ रहेको छ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार १६:२९