३ पुष २०८२, बिहीबार | Thu Dec 18 2025

सिटिजन लाइफको नाफा २७.१४ प्रतिशतले बढ्यो

२९ वैशाख, काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक बर्षकाे तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक बर्षकाे तेस्रो त्रैमाससम्ममा कम्पनीले ३५ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आर्थिक बर्षकाे सोही अवधिको तुलनामा २७.१४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक बर्षकाे तेस्रो त्रैमाससम्ममा कम्पनीले २८ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ८१ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। यो आर्थिक बर्षकाे सोही अवधिको तुलनामा २०.६७ प्रतिशतले बढी हो । कम्पनीको खुद बीमाशुल्क आर्जन पनि २०.६७ प्रतिशतले बढेर ४ अर्ब ८१ करोड रुपैयाँ पुगेकाे छ । अघिल्लो आर्थिक बर्षमा कम्पनीले ३ अर्ब ९९ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीले ५ अर्ब ९६ करोड रुपैयाँको कुल खर्च गरेको छ। कम्पनीको महाविपत्ती कोषको आकार २१ करोड १२ लाख रुपैयाँ र रिटेन्ड अर्निङको आकार ९८ करोड ४५ लाख पुगेको छ । कम्पनीकाे प्रतिसेयर आम्दानी ९.५४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४६.९१ रुपैयाँ रहेकाे छ ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार ११:४७