नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
२६ वैशाख, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र आत्मनिर्भर लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा नेपाल लाइफको १० प्रतिशत बोनस बापतको ८२ लाख ७ हजार ९६६.५५ कित्ता बोनस सेयर सूचीकृत भएको भएको हो । त्यस्तै, नेप्सेमा आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशत बोनस बापतको ९७ हजार ७१४.८१ कित्ता बोनस सेयर सूचीकृत भएको भएको हो । नेप्सेमा सूचीकृत भएसँगै अब आइतबारदेखि यी दुवै कम्पनीका सेयर दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
प्रकाशित मिति : 13:45









