विदेशी विनिमय अपचलनमा राकेश कुमार बर्मासहित चारविरूद्ध मुद्दा
२५ वैशाख, काठमाडाैँ । राजस्व अनुसन्धान कार्यालय बुटवलले विदेशी विनिमय अपचलन सम्बन्धी कसूरमा ४ विरुद्ध ३४ लाख बढीको बिगोसहित मुद्दा दायर गरेको छ ।अनुसन्धान तथा तहकिकात सम्पन्न गरी राजेश कुमार बर्मा, हमीद मुसलमान, राकेश कुमार बर्मा र जंग बहादुर बर्मा (सोनार) विरुद्ध कपिलवस्तु जिल्ला अदालत, तौलिहवामा मुद्दा दायर गरिएको हो ।राजस्व अनुसन्धान कार्यालय रुपन्देहीले जारी गरेको विज्ञप्ति अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधन सहित) दफा १८ क(१) बमोजिम मुद्दा दायर गरिएको प्रमुख अनुन्सधान अधिकृत विवेक घिमिरेले जानकारी दिनुभयो ।
राजस्व अनुसन्धान कार्यालय, बुटवलको अनुसन्धानबाट देखिएको तथ्य र प्रमाणबाट प्रतिवादीहरु जिल्ला कपिलवस्तु, शुद्धोधन गा.पा., वडा नं.–६, बिमिहा बस्ने बर्ष ३५ का राजेश कुमार बर्मा, जिल्ला कपिलवस्तु, शुद्धोधन गा.पा. वडा नं.–६, बिमिहा बस्ने बर्ष २६ का राकेश कुमार बर्मा, जिल्ला कपिलवस्तु, मायादेवी गा.पा., वडा नं.–१, ईमिलिया बस्ने बर्ष २८ का हमीद मुसलमान, जिल्ला कपिलवस्तु, शुद्धोधन गा.पा., वडा नं.–६, बिमिहा बस्ने बर्ष ५६ का जंग बहादुर बर्मा (सोनार) बाट बरामद भएको भारतीय मुद्रा भा. रु. ५०० दरका भारतीय नोट ४२३६ थानको जम्मा भा.रु. २१,१८,००० र भारु २०० दरका १०० थानको जम्मा भारु २०,००० गरी कुल जम्मा भारु २१,३८,००० बरामद गरिएको भारतीय मुद्रा अवैध रुपमा भारतबाट नेपालसम्म ओसारपसार गरिएको जनाइएको छ ।

उक्त कार्य विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधन सहित) को दफा ३, ४ र ५ तथा सोही ऐनको दफा १२ को अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, विदेशी विनिमय व्यवस्थापन विभागले मिति २०७८/०९/२३ मा जारी गरेको एकीकृत परिपत्र –२०७८ को दफा (७) मा भएको व्यवस्थाले निषेध गरेको कार्य गरेको देखिन आएकोले प्रतिवादीहरुको साथबाट बरामद भएको भारु २१,३८,०००को नेपाल राष्ट्र बैङ्कले तोकेको विनिमय दर प्रति भारु १.६०१५ ने.रु. का दरले हिसाब गर्दा हुने ने. रु. ३४,२४,००७ जम्मा बिगो कायम गरी प्रतिवादीहरु जिल्ला कपिलवस्तु, शुद्धोधन गा.पा., वडा नं.–६, बिमिहा बस्ने बर्ष ३५ का राजेश कुमार बर्मा, जिल्ला कपिलवस्तु, शुद्धोधन गा.पा., वडा नं.–६, बिमिहा बस्ने बर्ष २६ का राकेश कुमार बर्मा, जिल्ला कपिलवस्तु, मायादेवी गा.पा., वडा नं.–१, ईमिलिया बस्ने बर्ष २८ का हमीद मुसलमान, जिल्ला कपिलवस्तु, शुद्धोधन गा.पा., वडा नं.–६, बिमिहा बस्ने बर्ष ५६ का जंग बहादुर बर्मा (सोनार) लाई विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ (संशोधन सहित) को दफा १७(१) बमोजिम हदैसम्मको जरीवाना गरी पाउन र बरामद भएको प्रतिबन्धित भारतीय रुपैया २१,३८,००० जफत गरी पाउन साथै विदेशी मुद्रा सहित नियन्त्रणमा लिइएको ग्ए५५ब्ः०४५९ नम्बरको भारतीय गाडी विदेशी विनिमय अपचलनको कसूरमा प्रयोग भएको हुँदा उक्त सवारी साधनलाई कसूरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० को दफा ११ बमोजिम समेत जफतको मागदाबी लिई प्रतिवादीहरु राजेश कुमार बर्मा, राकेश कुमार वर्मा, हमीद मुसलमान र जंग बहादुर बर्मा र सक्कल मिसिल साथ विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९(संशोधन सहित) दफा १८ क(१) बमोजिम वैशाख २५ गते मुद्दा दायर गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार १८:५७










