२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

सेयर बजारमा गिरावट, फाइनान्स समूहमा देखियो आकर्षण

२५ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ ।  आज नेप्से परिसूचक १२.०४ अंकले घटेर २६६१.६४ को विन्दुमा झरेको छ । आज तीन सय १५ कम्पनीको तीन करोड सात लाख ९९ हजार ९१ कित्ता शेयर एक लाख तीन हजार तीन सय १९ पटक खरिदबिक्री हुँदा रू ११ अर्ब ६५ करोड १७ हजार आठ सय ५१ बराबरको कारोबार भएको छ ।

यस दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ६ वटा समूहमा हरियाली छाएकाे छ भने ७ वटा समूहमा राताम्य भएकाे छ । आज फाइनान्स समूहमा सर्वाधिक उछाल आएकाे छ । फाइनान्स समूह आज ४.१६ प्रतिशतले बढेकाे छ । यस दिन ङादी ग्रुप पावरको सर्वाधिक सेयर कारोबार भएकाे छ । आज चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, छ्याङदी हाइड्रोपावर र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य आज सर्वाधिक घटेकाे छ ।

प्रकाशित मिति : 15:39