अन्तिम कारोबारको दिन यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
२५ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १२.०४ अंकले घटेर २६६१.६४ को विन्दुमा झरेको छ ।
आज सबैभन्दा बढी ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज कम्पनीको ७८ करोड ४५ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, सानिमा माइ हाइड्रोपावरको ६५ करोड ४९ लाख २६ हजार रुपैयाँ, युनिभर्सल पावर कम्पनीको ५७ करोड १ लाख ४२ हजार रुपैयाँ, राधी विद्युत कम्पनीको ४३ करोड ३९ लाख ८८ हजार रुपैयाँ, अपी पावर कम्पनीको ३८ करोड ९६ लाख ७३ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : 15:31









