२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

चार कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

२५ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा गिरावट आएको छ ।  आज नेप्से परिसूचक १२.६० अंकले घटेर २६६१.०८ को विन्दुमा झरेको छ ।

आज चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, छ्याङदी हाइड्रोपावर र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यस दिन नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स सेयर मूल्य १० प्रतिशतले बढेको छ । भने छ्याङदी हाइड्रोपावर र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : 15:24