युवा केन्द्रित स्टार्टअप उद्यमलाई यथेष्ट बजेटको प्रबन्ध गरी कार्यान्वयन गर्नुपर्छः सांसद बराल
२५ वैशाख, काठमाडाैं । सांसद सुनिता बरालले सरकारको नीति तथा कार्यक्रमको सफलता र सार्थक कार्यान्वयनको कामना गर्दै आर्थिक कुटनीतिका विशेष योजना अगाडि बढाउन जरुरी रहेको बताउनुभएकाे छ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले नीति तथा कार्यक्रममा समावेश गरिएको युवा केन्द्रित स्टार्टअप उद्यमलाई यथेष्ट बजेटको प्रबन्ध गरी सहज कार्यान्वयनका लागि मार्ग प्रशस्त गर्नुपर्ने उल्लेख गर्नुभयो ।
मानव विकास र भौतिक विकासलाई सँगसँगै लिएर जानुपर्नेमा जोड दिँदै सांसद बरालले अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाको क्षमतास्तरोन्नति गर्नेतर्फ पहल गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले नीति तथा कार्यक्रममा समावेश गरिएका कार्यक्रमलाई बजेटमार्फत कार्यान्वयनका लागि थप पहलकदमी लिनुपर्नेमा जोड दिनुभयो ।
प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार १४:५०








