३ आश्विन २०८२, शुक्रबार | Fri Sep 19 2025

शौचालयमा चिप्लिएको रिसोर्टमा प्रगतिशील विवाहको भोज खान पुगेका थिए प्रचण्ड

२५ वैशाख, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार राति अबेर वाथरूमा लडेको समाचारले बुधबार सनसनी फैलियो । नजिकैको मेडिसिटी अस्पताल नख्खुमा उपचारपछि घर फर्किएको पुत्री तथा स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभयो । मध्यान्यतिर भने प्रचण्ड लडेको वाथरूम खुमलटार निवासको नभई सुविधा सम्पन्न एक रिर्सोटमा भएको पुष्टि भयो । त्यही अुनसारको समाचार सार्वजनिक पनि भए ।

गंगाले नजिकै मेडिसिटी भनेकीले धेरैले खुमलटार निवासको वाथरूममा ढलेको भन्ने अनुमान गरे । तर प्रचण्ड ललितपुर र भक्तपुरको सीमामा पर्ने सुविधा सम्पन्न ‘दी टेरेसस् एन्ड स्पा’ रिसोर्ट वाथरूममा लड्नुभएको थियो । ‘गएराती बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटि अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु । बुबाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद’, गंगाले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिनुभएको थियो ।

अघिल्लो दिन गंगाले भाइ सम्बोधन गर्दै प्रकाशलाई बधाई दिनुभएको थियो । बधाई दिएको साँझ उहाँहरूको विवाह भोजका लागि रिसोर्ट पुग्नुभएको थियो ।

मध्यान्हतिर उक्त रिर्सोटको कोठाकै ३० देखि ४० हजार रूपैयाँसम्म पर्ने भनेर सार्वजनिक भयो । एक रातको त्यति महंगो रिर्सोटमा प्रचण्ड लडेको भनेर केहीले टिप्पणी समेत गरे । पटक–पटक प्रधानमन्त्री भइसकेका व्यक्ति प्रचण्डलाई होटल म्यानेजमेन्टले त्यति नै कोठा भाडा त न लेला । तर प्रचण्ड जत्तिको उचाई भएका व्यक्ति त्यति तिर्ने हैसियत पक्कै राख्नुहुन्छ ।

कुनै महत्वपूर्ण निर्णय लिन वा दस्तावेजहरू लेख्न बेलाबखत प्रचण्ड रिर्सोट जाने गर्नुभएकै थियो । मधेस अभियान सकेर भर्खर आराम गर्ने चरणमा रहनुभएको प्रचण्ड खासमा दी टेरेसस् रिर्सोटमा भने एक आवाससहितको वैवाहिक भोजमा सहभागी हुन जानु भएको सचिवालयका एक सदस्यले जानकारी दिनुभयो । प्रचण्डको सचिवालयमै रहेका आइटी विज्ञ प्रकाश रायमाझीले दिउँसो धुमधामसँग प्रगतिशील विवाह गर्नुभएको थियो । रायमाझीले नै आवाससहित रात्री भोज भने टेरासेस् रिर्सोटमा आयोजना गर्नुभएको थियो । सोही भोज खाएर सुत्नुभएको प्रचण्ड वाथरूमा चिप्लिएर लड्नुभएको थियो ।

dainiki.com

‘लेटनाइट त्यस्तै साँढे २ बजेतिर होला सीएम (अध्यक्ष) सुतेको कोठाबाट गन्द्रङ्ग गरेको आवाज वल्लो कोठामा सुतेको गंगाले सुन्नु भएछ । सीएम सुतेको ढोका खुल्लै रहेकाले हेर्न जाँदा सीएम वाथरूममा लडेको अवस्थामा भेटिएपछि हतारहतार अस्पताल लगिएको हो ।’, ती सदस्यले दैनिकीसँग भन्नुभयो । प्रचण्ड निवासका घरधनी भनिएका सारदाप्रसाद अधिकारीको कम्प्युटर अफिसमा काम गर्दागर्दै आइटी, ग्राफिक्स सक्नुभएको रायमाझी प्रचण्ड पुत्र प्रकाश दाहाल हुँदै प्रधानमन्त्री हुँदा सल्लाहकार हुनुभएको थियो ।

रायमाझीको प्रगतीशिल बिबाहको कार्यक्रममा अखिल (क्रान्तिकारी)को एक नेतृले अबरोध गर्न खोजेको उक्त कार्यक्रममा सहभागी एक माओवादी नेताले बताए यद्यपी उनले कारणबारे केही बताउन चाहेनन् ।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहीबार १३:०४