बोटलर्स नेपालका दुवै कम्पनीको नाफा घट्यो
२५ वैशाख, काठमाडाैं । बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई)ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बोटलर्स नेपाल (तराई) ले ८ करोड ७ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६९.१० प्रतिशतले थोरै हो । गत वर्ष कम्पनीले २६ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
त्यसैगरी, यस अबधिसम्ममा बोटलर्स नेपाल (बालाजु)ले एक करोड ५९ लाख रुपैयाँ खुद नाफा आजर्न गरेको छ । यो गत आर्थिक वर्षको यसै अबधिको तुलनामा ७३.३१ प्रतिशतले घटेको हो । गतवर्ष कम्पनीले ५ करोड ९८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यसअवधिमा दुवै कम्पनीको सञ्चालन आम्दानी घटेको छ । बोटलर्स तराईको आम्दानी ४ अर्ब ९१ करोडमा झरेको छ । साथै, बोटलर्स बालाजुको आम्दानी ७ अर्ब ७ करोड रुपैयाँमा झरेको छ ।
बालाजुको जगेडा कोषमा ४ अर्ब ११ करोड रुपैयाँ सञ्चित छ भने तराईको जगेडा कोषमा ६ अर्ब ५ करोड ४५ लाख रुपैयाँ सञ्चित रहेको छ । बोटलर्स नेपाल तराईले प्रतिसेयर आम्दानी ८९ रुपैयाँ छ । बोटलर्स नेपाल बालाजुको प्रतिसेयर आम्दानी ६ रुपैयाँ छ ।
प्रकाशित मिति : 11:31









