कहिलेसम्म कायम सेयरधनीले पाउछन् छ्याङदी हाईड्रोपावरको हकप्रद किन्न ?
२५ वैशाख, काठमाडौं । छ्याङदी हाईड्रोपावर लिमिटेडले निष्काशन गर्ने हकप्रद सेयरमा जेठ १ गतेसम्म कायम सेयरधनीहरुले मात्र आवेदन दिन सक्ने भएका छन् ।
हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले जेठ २ गने बुकक्लोज गर्ने भएको हो । यसको अर्थ जेठ १ गतेसम्म कायम सेयरधनीहरुले मात्रै उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
प्रकाशित मिति : 11:05









