बाल मन्दिर जग्गा प्रकरणमा रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता
२४ वैशाख, काठमाडाैं । नेपाल बाल मन्दिर जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार उप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंहसहित १७ जनाविरुद्ध मुद्दा दर्ता गरेको हाे ।
रिता सिंह वैद्य नेपाल बाल संगठनको अध्यक्ष भएको बेला बाल संगठनको जग्गा लिजमा दिने निर्णय भएको थियो ।
प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार १८:०८












