नेप्सेमा उच्च अंकको वृद्धि, २२७ कम्पनीको सेयर मूल्य बढ्यो
२४ वैशाख, काठमाडौं । साताको चौथों कारोबार दिन बुधबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ६२.२५ अंकले बढेर २६७३.६९ को विन्दुमा कायम भएको छ । यस दिन १० अर्ब ५१ करोड ८४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
सेयर बजारमा २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यो दिन नेप्सेमा सूचीकृत १३ वटै समूहमा हरियाली छाएकाे छ ।
यस दिन सानिमा माई हाईड्रोपावरको सर्वाधिक सेयर कारोबार भयो । आज पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट लाएको छ । यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, बुटवल पावर कम्पनी, पिपुल्स हाइड्रोपावर र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमा सकारात्मक सर्किट लाएको हो । आज न्यादी हाईड्रोको सेयरमूल्यमा सर्वाधिक गिरावट आएकाे छ ।
प्रकाशित मिति : 15:42









