पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
२४ वैशाख, काठमाडौं । साताको चौथों कारोबार दिन बुधबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ६२.२५ अंकले बढेर २६७३.६९ को विन्दुमा कायम भएको छ ।
आज पाँच कम्पनीको सेयरमा सकारात्मक सर्किट लाएको छ । यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, बुटवल पावर कम्पनी, पिपुल्स हाइड्रोपावर र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमा सकारात्मक सर्किट लाएको हो ।

प्रकाशित मिति : 15:24









