२५ माघ २०८२, आईतवार | Sun Feb 8 2026

धितोपत्र बोर्डले आईपीओ अनुमतिका लागि कमिसन मागेको भन्ने विषयमा छानबिन गर्न माग

२४ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले धितोपत्र बोर्डमा ‘कमिसन’का कारण आईपीओ रोकिएको समाचार आएकाले यस विषयमा छानबिन गर्ने व्यवस्थाका लागि सरकारलाई ‘रुलिङ’ गर्न सभामुखसँग माग गर्नुभयो ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सापकोटाले धितोपत्र बोर्डले कमिसनको बार्गेनिङ गरेको भन्ने आउनु खेदजनक रहेको बताउनुभयाे । सापकोटाले यस विषयमा छानबिन हुनुपर्ने माग गर्नुभयाे । ‘धितोपत्र बोर्डमा कमिसनको खेलमा कारण ८९ वटा कम्पनीका आईपीओको अनुमति रोकिएको भन्ने आएको छ । यो विषयमाथि भरपर्दो संयन्त्रमार्फत छानबिन गर्न पर्‍यो’, उहाँले भन्नुभयाे ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार १२:०४