३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

जीवन विकास लघुवित्तको १ लाख ३३ हजार कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

२४ वैशाख, काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ जना संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ३३ हजार ३०२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको ४ हजार ३० कित्ता सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५२५ र अन्य सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५३० रुपैयाँ तोकिएको छ । सो सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनी वा जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम २५० कित्ता सेयरका लागि आवेदन दिनुपर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार ११:४४