१७ चैत्र २०८२, मंगलवार | Tue Mar 31 2026

रिलायबल नेपाल लाइफले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

२४ वैशाख, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र ०.६३१५ प्रतिशत (कर प्रयोजनार्थ) नगद लाभांश गरी कुल १२.६३१५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।  प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुमा वितरण गरिनेछ।

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार ११:३१