२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

नेपाल रिपब्लिक मिडियाको नाफा बढ्यो, प्रतिसेयर आम्दानी ६४ पैसा

२४ वैशाख, काठमाडौं । नेपाल रिपब्लिक मिडिया लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले ४६ लाख २८ हजार खुद नाफा आर्जन गरेको छ ।  अघिल्लो आवको सोही अवधिसम्म कम्पनी ५२ लाख २६ हजार घाटामा रहेको थियो ।

यो अवधिमा कम्पनीले १३ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५.८३ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले १२ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको थियो । यस्तै कम्पनीले १ करोड ३१ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।

 कम्पनीको प्रशासनिक खर्च ३ करोड ७७ लाख र बिक्री तथा वितरण खर्च १ करोड २४ लाख रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ६१ करोड ८१ लाख र कुल चालु दायित्व २७ करोड ९६ लाख रुपैयाँ छ । समिक्षा अवधिसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ६४ पैसा र प्रतिसेयर नेटवर्थ ८९.०७ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : 10:50