१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मन्त्री अर्यालको निर्देशनसँगै आफ्नो नाममा जग्गाको स्वामित्व नभएका भूमिहीनको लगत संकलन सुरू

२५ पुस, काठमाडाैँ । सरकारले १३ जिल्लाका भूमिहीनको लगत लिने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालको निर्देशन पछि लगन संकलनको काम सुरू भएको छ । मन्त्री अर्यालको निर्देशनसँगै साविकदेखि बस्दै आएका तर आफ्नो नाममा जग्गाको स्वामित्व नभएका भूमिहीनको लगत लिने थालिएको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए ।

उनका अनुसार मोरङ, महोत्तरी, धनुषा, रौतहट, बारा, पर्सा, चितवन, रुपन्देही, बर्दिया, बाँके, कपिलवस्तु, दाङ र कञ्चनपुर जिल्लामा पहिलो चरणमा भूमिहीनको लगत संक्लन थालिएको छ । मन्त्रालयले भूमिहीनको लगत वस्तुनिष्ट र छिटो सङ्कलन गरिने भएकाले स्थानीय तहबाट गरिने जनाएको छ । सरकारले १३ जिल्लाको लगत सङ्कलन गरेपछि पुनः अरु जिल्लाको पनि सङ्कलन गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : २५ पुष २०७५, बुधबार १८:२६