५ माघ २०८२, सोमबार | Mon Jan 19 2026

२३ वैशाख, काठमाडौं । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । मंगलबार दिउँसो थापाथालीस्थित नर्भिक अस्पतालमा नेपालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित हुनुहुन्थ्याे ।  केही वर्षदेखि उहाँ राजनीतिक गतिविधिमा निष्क्रिय हुनुहुन्थ्याे । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता एवं पूर्वमन्त्री नेपाल तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वमा गठित पहिलो वामपन्थी सरकारमा सूचना तथा सञ्चारमन्त्री हुनुहुन्थ्यो । यसैगरी उहाँले जलस्रोत र शिक्षा मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्नुभएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलवार १६:३६