एन्काले मनायो ओशियाना खेलको विजयी उत्सब
एडिलेड । नेप्लिज क्रिकेट एशोसियसन (एन्का)ले गत ओशियाना नेप्लिज स्पोर्टस मिट्स २०२५ को विजयी क्रिकेट खेलाडीहरु विच विजयको उत्सव मनाएको छ ।
पर्थ विजयको खुशीयाली साट्न आयोजित कार्यक्रममा एन्का अध्यक्ष विजय जोशीले सबैलाई बधाई दिदै २०२७ मा एडिलेडमा हुने ओशियाना खेलकुदका वारेमा प्रकाश पारेका थिए । जोशीले २०२७ को ओशियाना खेल अबसर र चुनौती दुवै भएको बताउदै एडिलेडमा रहेका सबै संघ संस्थाहरुको साथ र सहयोगमा सम्पन्न गर्ने बताए ।
कार्यक्रममा एन्का सल्लाहकार तथा नेप्लिज टेनिस क्लव अष्ट्रेलियाका उपाध्यक्ष नविन कडेलले खेलाडीहरुलाई बधाई दिएका थिए ।
खेलाडी समेत रहेका एन्का पव्लिक अफिसर दिपक क्षेत्रीले क्यानवेरा र पर्थ ओशियाना खेलमा साउथ अष्ट्रेलिया विजयी भएकोमा २०२७ को खेल पनि जितेर ह्याट्रिक गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा खेलाडीहरुले खेलको समिक्षा गर्दै परिवार र एन्कालाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा विजयी खेलाडी, उनका परिवार, एन्का पदाधिकारी , सल्लाहकार तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलवार १६:२०












