यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
२३ वैशाख, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा झिनो वृद्धि देखिएको छ । यस दिन नेप्से परिसूचक १.०३ अंकले बढेर २६११.४३ बिन्दुमा कायम भएको छ ।
यस दिन सानिमा माई हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ९२ करोड ८९ लाख बढीको कारोबार भयो । त्यस्तै, ङादी ग्रुप पावरको ६७ करोड ३२ लाख,राधी जलविद्युतको ३८ करोड २२ लाख, युनिभर्सल पावर कम्पनीको ३६ करोड ११ लाख र अरुण भ्याली हाईड्रोको ३२ करोड ७० लाख बढीको सेयर कारोबार भएकाे छ ।

प्रकाशित मिति : 15:42









