२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

नेप्सेमा झिनो सुधार, १२० कम्पनीको सेयर मूल्य बढ्यो

२३ वैशाख, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा झिनो वृद्धि देखिएको छ । यस दिन नेप्से परिसूचक १.०३ अंकले बढेर २६११.४३ बिन्दुमा कायम भएको छ । सेयर बजारमा १२० कम्पनीको सेयर मूल्य बढेको छ भने १२६ कम्पनीको सेयर मूल्य घटेको छ। यसदिन २४६ कम्पनीको दुई करोड ५ लाख ४२ हजार ७६४ कित्ता शेयर ८ अर्ब ७४ करोड ७६ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।

यस दिन नेपाल माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । त्यस्तै, विन लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।  यो दिन सानिमा माई हाईड्रोको सर्वाधिक सेयर कारोबार भयो ।

प्रकाशित मिति : 15:37