एनएमबि लघुवित्तको अध्यक्षमा कृष्ण दत्त भट्टराई नियुक्त
२३ वैशाख, काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा कृष्ण दत्त भट्टराई नियुक्त हुनुभएको छ । वैशाख २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चालक भट्टराईलाई आगामी चार वर्षको लागि अध्यक्षमा नियुक्त गरेको हो ।
यस्तै, सोही बैठकले संस्थाको रोशन रेग्मिलाई सञ्चालक र गोपाल अधिकारीलाई स्वतन्त्र सञ्चालक नियुक्त गर्ने निर्णय गरेको छ । दुवै जनालाई वैशाख २२ गतेदेखि लागू हुनेगरी सञ्चालक नियुक्त गरिएको संस्थाले जनाएको छ ।
प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलवार १२:११












