२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

७४.४५ प्रतिशतले बढ्यो साहस उर्जाको नाफा, प्रतिसेयर आम्दानी कति ?

२३ वैशाख, काठमाडौं । साहस उर्जा कम्पनी लिमिटेडले  चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।तेस्रो त्रैमाससम्ममा कम्पनीले ८३ करोड ४१ लाख रुपैयाँ बराबरको नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७४.४५ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ४७ करोड ८१ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको थियो ।

यो अवधिसम्ममा कम्पनीको विद्युत बिक्री आम्दानी पनि ५.८४ प्रतिशतले बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा कम्पनीले ३३ लाख ३० हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ । ३ अर्ब ७८ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ३ करोड र कुल चालु दायित्व २ अर्ब १६ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी २९.४२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४६९.२६ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १८२.१८ रहेको छ ।

प्रकाशित मिति : 11:29