प्रि ओपन सेसनमा घट्यो नेप्से
२३ वैशाख, काठमाडौं । साताको तेस्रो काारेबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंकले घटेको छ। अघिल्लो कारोबार दिन सोमबार ९.९८ अंकले घटेर २६१०.४० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.८० अंकले घटेर २६०८.५९ विन्दुमा झरेको छ।
मंगलबार प्रि ओपन सेसनमा ४६ स्टकको ७४ पटकको कारोबारमा २ करोड ४० लाख ९९ हजार ७१३ रुपैयाँ ५० पैसाबराबरको ३५ हजार ८३८ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : 10:58









