४ पुष २०८२, शुक्रबार | Fri Dec 19 2025

हिमालयन रि इन्स्योरेन्सले घोषणा गर्यो लाभांश, बोनस र नगद कति ?

२३ वैशाख, काठमाडाैं। हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८०/८१ का लागि लाभांश घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको ४.५० प्रतिशत बोनस सेयर र ०.२४ प्रतिशत नगद लाभांश(कर प्रयोजनको लागि) गरी कुल ४.७४ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।

 प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन् ।

प्रकाशित मिति : २३ बैशाख २०८२, मंगलवार १०:३८