हकप्रद निष्कासनका लागि तेह्रथुम पावरले तोक्यो बुकक्लोज मिति
२३ वैशाख, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासनका लागि बुकक्लोज मिति तोकेको छ। कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि जेठ ५ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ ।
यसकाे अर्थ जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीले निष्कासन गर्ने हकप्रदमा आवेदन दिन । कम्पनीले १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो। कम्पनीले हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँ बराबरको प्रतिसेयर रु. १०० अंकित दरका ४० लाख कित्ता हकप्रद निष्कासन गर्नेछ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
प्रकाशित मिति : 09:44









