२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

२२ वैशाख, काठमाडौं । नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल हाइड्रो डेभलोपर्स र आरएसडीसी लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा नेपाल डेभलोपर्सको ८ प्रतिशत बोनस बापतको २ लाख ८७ हजार ५५३ कित्ता बोनस सेयर सूचीकृत भएको हो । त्यस्तै, नेप्सेमा आरएसडीसी लघुवित्तको ९.५० प्रतिशत बोनस बापतको ८ लाख ९७ हजार १३३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

प्रकाशित मिति : 16:14