सेयर बजारमा गिरावट, ७ अर्ब ६३ करोडको कारोबार
२२ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा गिरावट आएको छ । सोमबार नेप्से परिसूचक ९.६२ अंकले घटेर २६१०.७६ को विन्दुमा झरेको छ । सेयर बजारमा ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५९ कम्पनीको सेयर मूल्य घटेको । १ कम्पनीको सेयर मूल्य स्थिर भएको छ । यसदिन ७ अर्ब ६३ करोड ४१ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
यस दिन लघुवित्त समूह ०.१४ प्रतिशत, म्युचुअल फण्ड ०.२९ र निर्जीवन बीमा समूह ०.०६ प्रतिशतले बढ्यो । व्यापार समूह आज सर्वाधिक अर्थात १.१३ प्रतिशतले घट्यो । यस्तै बैंकिङ समूह ०.३५ प्रतिशत, विकास बैंक ०.७४, फाइनान्स ०.९२,होटल ०.०५,हाईड्रो ०.६६, लगानी ०.२०,जीवन बीमा ०.१२, उत्पादन तथा प्रशोधन ०.९० र अन्य समूह ०.०१ प्रतिशतले घट्यो । यस दिन राधी विद्युत कम्पनीको सर्वाधिक सेयर कारोबार भयो ।
आज चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, ओम मेगाश्री फर्मास्युटिकल्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र सिटिजन सुपर ३० म्युचुअल फण्डको सेयरमा सकारात्मक सर्किट लागेको हो । आज हिमालयन पावर पाटर्नरको सेयरमूल्य सर्वाधिक घटेको छ ।
प्रकाशित मिति : 15:44









