चार कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?
२२ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा गिरावट आएको छ । सोमबार नेप्से परिसूचक ९.६२ अंकले घटेर २६१०.७६ को विन्दुमा झरेको छ ।
आज नेप्सेमा गिरावट आउँदा पनि चार कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, ओम मेगाश्री फर्मास्युटिकल्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र सिटिजन सुपर ३० म्युचुअल फण्डको सेयरमा सकारात्मक सर्किट लागेको हो ।

प्रकाशित मिति : 15:20









