१ पुष २०८२, मंगलवार | Wed Dec 17 2025

वैशाख २६ गतेदेखि ‘काइयी एक्सचेन्ज कर्निभल २०८२’ आयोजना हुँदै

२२ वैशाख, काठमाडाैं । यहि बैशाख २६ गतेदेखि ‘काइयी एक्सचेन्ज कर्निभल २०८२’ को आयोजना हुने भएकाे छ । नेपालका लागि कायी इभीको आधिकारिक वितरक लक्ष्मी इ-मोबिलिटी र जीओ अटोमोबाइल्सले आयोजना गर्न लागेकाे यस कार्यक्रमले सुविधा, बचत र उत्सवको स्वाद एकैसाथ प्रदान गर्नेछ।

जसमा इ क्युट ०२, इ क्युट ०४, र एक्स थ्रि प्रो इभी समावेश छन्। यो कार्यक्रम थापाथली (काइयी शोरूमको छेउमा र हुन्डाई शोरूमको विपरीत) मा वैशाख २६ गतेदेखि २८ गतेसम्म आयोजना हुँदैछ।

कर्निभल अवधिभर ग्राहकहरूले जुनसुकै ब्रान्डको पुरानो सवारी लिएर आउन सक्नेछन्, जसको विशेषज्ञहरूद्वारा उचित मूल्यांकन गरिनेछ र सबैभन्दा राम्रो पुनः बिक्री प्रस्ताव उपलब्ध गराइनेछ। साथै, काइयीले विशेष एक्सचेन्ज बोनस, नगद छुट, सवारी कर तथा बीमाको पूर्ण खर्च कभर गर्ने व्यवस्था गरेको छ।

कार्यक्रम केवल अफरहरूमै सीमित छैन । यो एक उत्सवको रूपमा पनि प्रस्तुत गरिएको छ जहाँ संगीत, रमाइला खेलकुद र परिवारका सबै सदस्यलाई आकर्षित गर्ने गतिविधिहरू समावेश गरिएको छ।

काइयी नेपालले सम्पूर्ण परिवार, ईभी प्रेमीहरू तथा नयाँ सवारीमा रूपान्तरणको सोच बनाइरहेका सबैलाई काइयी एक्सचेन्ज कर्निभल २०८२ मा सहभागी भइ नयाँ प्रविधिको उत्सव मनाउन निमन्त्रणा गरेको छ।

यस कार्निभलको उद्देश्य स्मार्ट र थप रमाइलो तरिकाले विद्युतीय सवारी साधनमा स्तरोन्नति गर्न प्रोत्साहित गर्नु रहेको कम्पनीको भनाइ छ। कार्निभलले सुविधा, बचत र उत्सवहरूमा केन्द्रित हुँदै इभीका पारखीहरू र उनीहरूका परिवारका लागि मनोरञ्जनसँगै कायीका उत्पादनबारे जानकारी गराउने लक्ष्य राखेको छ।

प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार १०:०६