मंगलबार सार्वजनिक बिदा
२२ वैशाख,महेन्द्रनगर । वैशाखः मधेश प्रदेश सरकारले सार्वजानिक विदा थप गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले गत चैत २२ गते आफ्नो राजपत्रमा प्रकाशित विदामा थप गरेको हो ।
गृह, सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकद्वारा यही वैशाख २१ गते जारी सूचनाका अनुसार यही वैशाख २३ गते मंगलबार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते बुधवार कविर दास जयन्तीका दिन प्रदेशमा विदा दिने निर्णय भएको उल्लेख गरिएको छ । (यसअघि शिर्षकमा आज सार्वजनिक बिदा भएकोमा सच्चाइएको छ, सम्पादक)
प्रकाशित मिति : २२ बैशाख २०८२, सोमबार ०९:२३









