२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

ट्रेड टावरको आईपीओमा आवेदन दिने साेमबार अन्तिम दिन

२१ वैशाख, काठमाडौँ । ट्रेड टावर लिमिटेडलेको आईपीओमा आवेदन दिने भोलि (वैशाख २२ गते) सोमबार अन्तिम दिन रहेको छ । कम्पनीले पहिलो चरणमा वैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गरेको थियो । उक्त आईपीओमा भोलिसम्म मात्रै आवेदन दिन सकिने छ।

कम्पनीले प्रतिकित्ता १ सय रूपैयाँका दरले जम्मा ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारीका लागि गएका नेपालीहरूमा निष्कासन गरिएको हो।

लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि भोलि बैंकिङ समयसम्म मात्रै आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निकाष्सन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले पहिलो चरणको आईपीओ बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी हुनेछ ।

प्रकाशित मिति : 17:15