२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

सामान्य अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

२१ वैशाख, काठमाडौं । २१ वैशाख, काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ३.४४ अंकले घटेर २६२०.३९ को विन्दुमा झरेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन गत बुधबार ९ अर्ब ३७ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टककाे ८१ हजार ९८५ पटककाे काराेबारमा ९ अर्ब २४ कराेड ५५ लाख ८३ हजार रूपैयाँबराबरकाे २ कराेड १९ लाख ५ हजार कित्ता सेयर खरिदबिक्री भएकाे छ।

आज चार कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेको छ । यस दिन नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, ओम मेगाश्री फर्मास्युटिकल्स र अपर सोलस हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेकाे हाे । यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक घटेको छ। कारोबार रकमका आधारमा यस दिन सानिमा माई हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ।

प्रकाशित मिति : 15:31