३ पुष २०८२, बिहीबार | Fri Dec 19 2025

हिमालयन लाइफ इन्स्योरेन्सको नाफा ४७ करोड २४ लाख, प्रतिसेयर आम्दानी कति ?

२१ वैशाख, काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा इन्स्योरेन्सले ४७ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.४९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ४३ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १.३३ प्रतिशत बढेर १२ अर्ब १८ करोड रुपैयाँ पुगेकाे छ । । अघिल्लो आवमा कम्पनीले १२ अर्ब २ करोडबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो । त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी ७.१४ प्रतिशत र कुल खर्च ५.४४ प्रतिशत बढेको छ।

 चुक्ता पूँजी ९ अर्ब १४ करोड रुपैयाँरहेको यस इन्स्योरेन्सको महाविपत्ती कोष ४७ करोड ८ लाख रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ९ करोड ९० लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ३५ पैसा घटेर ६ रुपैयाँ ८९ पैसामा झरेको छ। त्यस्तै, इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ ११६ रुपैयाँ ७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६१.५१ गुणा रहेको छ।

प्रकाशित मिति : २१ बैशाख २०८२, आईतवार १०:३५