बेलायतको काउन्सिल निर्वाचनमा नेपाली चेली रोजिना विजयी
लन्डन । बेलायतको ग्लस्टरशायरस्थित ट्वीकेसबरी बरोमा नेपालीमूलकी रोजिना प्रधान राई काउन्सिलर पदमा निर्वाचित भएकी छन्। राई एनआरएनए अन्तर्राष्ट्रिय समितिकी उपाध्यक्ष समेत हुन् ।
मे १ सम्पन्न स्थानीय निर्वाचनमा लिबरेल डेमोक्र्याट पार्टीका तर्फबाट उनी बरोको इन्सवार्थ वाडमा काउन्सिलर विजयी बनेकी हुन्।
शुक्रबार सार्वजनिक नतिजाअनुसार रोजिनाले ६ सय ६६ मत पाएर जीत हासिल गरिन्। उनका निकटतम प्रतिद्वन्दी रिफर्म यूके उम्मेदवारले ५ सय ९६ मत पाए।
व्यवसाय र समाजसेवा एकसाथ अगाडि बढाइरहेकी काउन्सिलर निर्वाचित राईले यस विजयले समुदायमा लाग्न अझै उर्जा मिलेको बताउदै समाजसेवामा निरन्तर क्रियाशिल रहने बताईन् ।
प्रकाशित मिति : २० बैशाख २०८२, शनिबार ०६:३८












