नेकपाको गण्डकी प्रदेशको प्रमुख सचेतकमा अधिकारी, सचेतकमा गुरूङ
२५ पुस, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले गण्डकी प्रदेशसभाको संसदीय दलको प्रमुख सचेतकमा मायानाथ अधिकारी र सचेतकमा गायत्री गुरूङलाई चयन गरेको छ । नेकपा कास्कीको जिल्ला पार्टी कार्यालयमा मंगलबार साँझ अबेर सम्पन्न संसदीय दलको बैठकले प्रमुख सचेतकमा पूर्व एमालेका मायानाथ अधिकारी र सचेतकमा पूर्व माअोवादीकी गायत्री गुरुङलाई चयन गरेको हो ।
अधिकारी यसअघि पनि नेकपा एमालेका तर्फबाट दलको प्रमुख सचेतक थिए भने गुरुङ माओवादीका तर्फबाट प्रमुख सचेतक रहेका थिए ।साविक नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकतापछि दलको नेतामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ चयन भइसकेका थिए । नेकपामा दलको उपनेता र संसदीय बोर्डको गठन गर्न अझै बाँकी छ ।
प्रकाशित मिति : २५ पुष २०७५, बुधबार १०:०६