नेरुडे मिर्मिरे लघुवित्तको नाफा घट्यो, वितरणयोग्य मुनाफा पनि ऋणात्मक
१९ वैशाख, काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा लघुवित्तले ५ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७०.८० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५८.८२ प्रतिशतले बढेर १ अर्ब १ करोड ७४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै यो अवधिसम्ममा कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी पनि ९ करोड ५१ लाखबाट बढेर १२ करोड ६५ लाख पुगेको छ । यस्तै कुल सञ्चालन आम्दानी ८१ करोड ४३ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ८.८३ प्रतिशतबाट बढेर १४.८१ प्रतिशत पुगेको छ। तेस्रो त्रैमाससम्म कम्पनीको वितरणयोग्य मुनाफा ११ करोड ७१ लाख रुपैयाँले ऋणात्मक रहेको छ । भने कम्पनीको वितरणयोग्य प्रतिसेयर आम्दानी पनि ८.३८ रुपैयाँले ऋणात्मक छ । १ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब २९ करोड ५१ लाख रुपैयाँ सञ्चित छ।
समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी २७ रुपैयाँ २९ पैसा घटेर ५ रुपैयाँ ५२ पैसामा सीमित भएको छ। चैत मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ ६६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ११८.८६ गुणा रहेको छ।
प्रकाशित मिति : १९ बैशाख २०८२, शुक्रबार १०:३९












