प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ७ लाख ३८ हजार कित्ता सेयर बिक्रीमा
१८ वैशाख, काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीले आजदेखि विभिन्न ३ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको ७ लाख ३८ हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बिक्रीमा राखिएको सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले सूचना जारी भएको ३५ दिभित्र काठमाडौंको कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।
साथै, तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट कुनै पनि आवेदन नआएमा संस्थापक बाहेकका अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार १०:०८












