४ पुष २०८२, शुक्रबार | Sat Dec 20 2025

गरिमा विकास बैंकको ६५ हजार कित्ता सेयर बिक्रीमा

१८ वैशाख, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै आजदेखि संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको कुल ६५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

बिक्रीमा राखिएको सेयमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौंको लाजिम्पाटमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको समयअवधिभित्र उक्त सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर खरिद प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहीबार ०९:५७