२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

एलिभेसन इनर्जी म्यानेजमेन्टले आईपीओ निष्कासन गर्ने

१८ वैशाख, काठमाडौं । एलिभेसन इनर्जी म्यानेजमेन्ट लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रमुख एजेण्डा पारित  गर्न साधारण सभा बोलाएको छ। कमपनीले जेठ २ गते काठमाडौंको त्रिपुरेश्वरमा रहेको कम्पनीको कार्यालयमा विशेष साधारण सभा आह्वान गरेको हो । सभा बिहान ८ बजेदेखि सुरु हुने छ ।

उक्त सभामा आईपीओ निष्कासनको प्रस्ताव पारित गरिनुका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र यस विषयमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तिायारी प्रदान गर्ने प्रस्ताव पारित हुनेछ ।

प्रकाशित मिति : 09:30